Thursday January 17, 2019 | |

इआरएमसीद्वारा जारी प्रेस विज्ञप्ति

featured-news


प्रेस विज्ञप्ति


उपरोक्त सम्बन्धमा मिति २०७५ पौष १६ गते सोमवारका दिन नयाँ पत्रिका दैनिकको प्रथम पृष्ठमा प्रकाशित हाइड्रोका पप्पु : २४ ठेक्का अपुरै शीर्षकको मुख्य समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बिनम्र अनुरोध गर्दछौं । नयाँ पत्रिका दैनिकमा हामी संलग्न कम्पनीले देशभित्र गरिरहेको कामका बारेमा अपूर्ण जानकारी सहितको विषयवस्तु महत्वका साथ समाचारका रुपमा सार्वजनिक भएपछि त्यस सन्दर्भमा यथार्थ जानकारी गराउनु आफ्नो कर्तव्य ठानी यो खण्डन सहितको विषयवस्तु लेख्न हामी बाध्य भएका छौं । तथ्यहरुको तोडमोड गरि लेखिएको समाचार उपर आफ्नो खण्डन लेख्नुपूर्व हामी हामै्र कम्पनीका सन्दर्भमा केहि कुरा लेखिरहेका छौं ।

इन्जिनियरिङको अध्ययन पूरा गरिसकेपछि हाम्रा अगाडि उपलब्ध भएका विकल्पमध्ये कि बहुसंख्यक नेपाली इन्जिनियरहरुले रोजेको जस्तो विदेशी भूमिमा आफ्नो पसिना बगाउने र आफ्नो निजी जीवन सफल बनाउने या आफ्नो मातृभूमिमा पसिना बगाएर मातृभूमिको हितमा थोरै भएपनि योगदान पु¥याउने दुई बाटा थिए । हामीले दोश्रो विकल्प रोज्यौं ः आफूले सिकेको सिप र प्राप्त गरेको ज्ञान आफ्नै मातृभूमिका लागि प्रयोग गर्ने । कम्पनी स्थापनाका बखत हामी सँग न टेक्ने जमिन थियो न समाउने हाँगो नै । तर हामीसँग स्पष्ट योजना थियो र थियो अब्बल बन्ने योजना । हामीले व्यवस्थापन आरम्भ गरेको १६ वर्षको यो अबधीमा हामीले प्रारम्भमा जे सपना देखेका थियो र जे योजना बनाएका थियौ सोहि बमोजिम हिडिरहेका छौं । नेपाली इन्जिनियरहरु विदेशमा बेच्ने जनशक्ति मात्रै होइनन् । उनीहरुको बौद्धिकताले नै नेपालको कायपलट गर्न सक्छ र कन्सल्टेन्टका रुपमा बिदेशी परामर्शदाताहरु सेता हात्तीका रुपमा सधै हायर गरिरहनुपर्दैन भन्ने हाम्रा विश्वास हो । सोही विश्वास बमोजिम अघि बढ्दै जाँदा आज हामीेले छोटो अबधिमा नेपालका अधिकांश विकास आयोजनाहरुमा संलग्न भएर काम गरिरहेका छौं । हामीले आफ्नो क्षेत्रबाट गर्नुपर्ने कामहरु गुणस्तरीयताका हिसाबले अन्तराष्ट्रिय मापदण्ड पूरा गरिरहेका छौं, समयका हिसाबले पनि प्राय सबै कामहरु निर्धारित मितिमै सम्पन्न गरेका छौं । आज हामी नेपालमा मात्रै होइन नेपाल बाहिर अफगानस्तिान, युगाण्डा र भुटान जस्ता देशहरुमा आफ्ना कला कौशलका साथ उत्कृष्ट काम गरिरहेका छौ ।


नेपाल सरकारले तोकेको मापदण्ड बनाएको प्रक्रिया बमोजिम हरेक आयोजनामा हामीले प्रतिस्पर्धा ग¥यांै र जहाँ जहाँ हामी उपयुक्त थियौं या भयौं त्यहाँ त्यहाँ हामीले काम पायौं । एउटा नेपाली इन्जिनियरहरुले नेतृत्व गरेको यो कम्पनी नेपालमा मात्र होइन अन्तराष्ट्रिय स्तरमै पनि अब्बल भएको विषयले सायद धेरैलाई टाउको दुखाईरहेको होला । हामीसँग आज प्रत्यक्ष रुपमा १ हजार भन्दा बढि इन्जिनियरहरु काम गरिरहेका छन् भने हजारौं गैरइन्जिनियरहरुले पनि रोजगारी पाइरहेका छन् । निरन्तरको मेहनत र लगनशिलताको प्रतिफलस्वरुप आज हामीले जुन स्थान बनाएका छौं, न यसमा कुनै छलछाम छ न अर्को कुनै तिकड्म । नेपालका दुर्गम पहाडी भूभागदेखि अफ्रिकाको नाइल नदीसम्म हामीले गरिरहेको उत्कृष्ठ कामहरुबाट तिलमिलाई रहेका र हिन भावनाका केहि हाम्रै पृष्ठभूमिका साथीहरुको टाउको दुःखी रहेको समेत हामीलाई राम्ररी जनकारी छ ।

आज नेपाल तिव्र विकासको चरणमा छ । सम्बृद्ध नेपाल बनाउने सबै सरोकारवालाहरुको एकमात्र उद्देश्य रहेको छ । यो उद्देश्य पूरा गर्न आफ्नो तर्फबाट हामी पनि योगदान गरिरहेका छौं र निरन्तर गरिनै रहनेपनि छौं । नेपालका हर एक आयोजनामा विदेशी इन्जिनियरिङ्ग कम्पनीहरुले गरिरहेको काम समेत आज नेपाली इन्जिनियरहरुले गरिरहेका छन् । नेपालले लिएको विकासको लक्ष्य पूरा गर्न पनि हामीसँग भएका स्वदेशी इन्जिनियहरुको सही सदुपयोगबाट मात्रै सम्भव छ । शून्यबाट तय गरेको हाम्रो यात्रा आज नेपालमा मात्र होइन अन्तराष्ट्रिय बजारसम्म जसरी पुगेको छ । हामीलाई लाग्छ नेपालीहरु यसरी संसारमै आफ्नै काम र बलवुताले अब्बल भइरहेको यो घटना त मुलुककै लागि गर्व गर्न लायक घटना हो । हामी हाम्रो यात्रा निरन्तर अघि बढाईनै रहन्छौं । अहिले हाम्रो यात्रामा लगाउन खोजिएको ब्रेक हामी सहजै पन्छाउने छौं किनकि हामीे हाम्रो पेशागत धर्म र मुलुक प्रति सोझो चिताउँदै सबै जिम्मेवारीहरु मनैदेखि इमान्दारीका साथ पूरा गरिरहेका छौं ।

हामी जसरी हाम्रो पेशा र कर्म इमान्दारीतामा आधारित हुनुपर्छ भनिरहेका छौं । त्यसैगरी राज्यका अरु संरचनाहरु पनि सोही हिसाबले अघि बढुन् भन्ने चाहन्छौं । जनता र देशलाई सर्वोपरी मान्ने आमसञ्चारका माध्यमको हामी साँच्चिकै सम्मान गर्दछौं र तथ्यसहितको खबरदारी मिडियाका माध्यबाट सधै आइरहनुपर्छ भन्ने मान्यता बाटनै अघि बढिरहेका छौं । तर नयाँ पत्रिका जस्तो मूलधारको लोकप्रिय पत्रिकाले मसलेदार हेडलाईन बनाउदै तथ्यहरुलाई तोरमरोड गर्दै जुन महत्व दिएर यो समाचारमा हामीलाई जोडेको छ । यसबाट हामी हामै्र बलवुताले कमाएको इज्जतमाथि गम्भीर धक्का लागेको महशुस गर्दै त्यहाँबाट उठाइएका विषयवस्तुहरुको तथ्यपूर्ण प्रष्टिकरण यहाँ दिइरहेका छांै ।

त्यहाँको पत्रिकामा माथि उल्लेख गरिएको शीर्षक अन्र्तगत जुन २४ ठेक्का अपूरै भनिएको छ । त्यो तथ्यको वास्तविकता भन्दा धेरै पर रहेको यहाँलाई जानकारी गराउँदछौं । सबैभन्दा पहिला त त्यस पत्रिकामा उल्लेख गरिएका २४ वटा कम्पनी हामी एक्लैले नेतृत्व गरिरहेका आजोजना होइनन् । ति सबै आयोजनामा हामी जोइन्ट भेन्चरका रुपमा मात्रै संलग्न रहेका छौं । यसको मतलब हामी सबै संयुक्त रुपमा ति आयोजनाहरुमा जिम्मेवार छौं । कहिँ कतै ढिला सुस्ती छन् भने पनि त्यसको जिम्मेवारी हाम्रो एक्लैको नभई जोइण्ट भेन्चर भएका सबैैको उतिकै दायित्व हुने गर्छ । जस्तो त्यहाँ उल्लेख गरिएका २४ वटा आयोजनामा हामीसँग नेपालका अन्य प्रतिष्ठित कन्सल्टेन्सी कम्पनीहरु इटेको नेपाल प्रा.लि, सिल्ट कन्सल्ट प्रा.लि, वाटर रिसोर्श कन्सल्टेन्सी, बुटवल पाओर कम्पनी अन्र्तगतको कन्सल्टिङ्ग कम्पनी हाइड्रो कन्सल्ट प्रा.लिलगायत अन्तराष्ट्रिय कन्सल्टेन्सीहरु स्मेक देखि एम.डब्लु.एच.सम्मका कन्सल्टेन्सीहरु संलग्न रहेका छन् । पहिलो कुरा त शीर्षकमा भनिए जस्तो सबै २४ ओटै आयोजनाहरु ढिला भएका छैनन् । त्यहाँकै समाचारको टेवलमा उल्लेख भए बमोजिम केहि आयोजनामा मात्रै म्याद थपिएको उल्लेख छ । जबकि ति सबै म्याद थप्नु परेका आयोजना हाम्रो कारणले मात्रै होइनन् । र कति आयोजनाको समय सीमा बाँकी नै रहेको छ र कति आयोजना सम्पन्न पनि गरिसकेका छन् । जबकि त्यहाँ उल्लेख गरिएका २ आयोजनाको त अझै हामीसँग झण्डै १ बर्ष समय बाँकी रहेको छ । अनि कति आयोजनाको चाहीँ सम्झौता मितिलाई सम्पन्न गर्नुपर्ने मिति भनि उल्लेख गरिएको छ । जबकि हेडलाइनमा सबै २४ वटा ढिला भएको भनिएकोमा जम्मा ५ वटा बाहेक कसैको म्याद थप्नु परेको छैन । १९ वटा आयोजनाको कतिको समय बाँकी नै छ कतिको तपाईकै संवाददाताको त्रुटीले सम्झौंता मितिलाई सम्पन्न मिति भनेर उल्लेख गरिएको छ ।

तर पाठकहरुलाई सबै आयोजनामा ढिला भएको भन्ने सन्देश दिइएको छ । र अर्को महत्वपूर्ण कुरा के भने म्याद थपिएका र ढिलै भएकाहरुका सन्दर्भमा यतिका नेपाली कन्सल्टेन्सीहरु संलग्न भइरहेको सन्दर्भमा इआरएमसी मात्रै जिम्मेवार भनेर लेख्नु तथ्यहरुलाई पूरै ढाकछोप गरि मात्र हाम्रो कम्पनीलाई बदनाम गराउने उद्देश्यबाट प्रेरित रहेको हामीले महसुस गरेका छौं । किनकि सबै आयोजना जोइन्ट भेन्चरको रुपमा रहेको हुँदा काम सम्पन्न गर्ने म्याद थप्ने या जे जति सन्दर्भहरु हुन्छन् ति सबैमा जोइन्ट भेन्चरमा संलग्नहरु सबै उतिकै जिम्मेवार हुन्छन् । जबकि त्यहाँ उल्लेख गरिएका आयोजना मध्ये ९ वटा आयेजनमा त हाइड्रो कन्सल्ट एक्लैले नेतृत्व गरेको छ । स्मरणरहोस त्यहाँको विवरण बमोजिम इआरएमसीले नेतृत्व गरिरहेको जम्मा ५ वटा मात्रै हो । बाँकी सबै जोइन्ट भेन्चरमा सञ्चालन भइरहेका आयोजना हुन् । अब देखादेखी अंकमै नेतृत्व गर्ने कम्पनीको संख्या हाम्रो भन्दा बेसी छ र अर्को कुरा सबै आयोजना जोइन्ट भेन्चरमा रहेका छन् भने नाम हाम्रो मात्रै महत्वका साथ उल्लेख गर्नु कुन नियतबाट निर्देशित छ भन्ने कुरा बुझ्न धेरै जटिल छैन । त्यसैले जसरी जोइन्ट भेन्चरका नाममा सम्झौता भए बमोजिम तत् अयोजनासँग सम्बन्धित जे जति कामहरु हुन्छन् ति सबैको भागिदार पनि जोइन्ट भेन्चरमा रहेका सबै कम्पनीहरु सबै बारबार हुन्छन् । नेतृत्व गरेकै आधारमा भन्ने हो भने पनि त्यो समाचारको लिष्टमा इआरएमसी भन्दा नेतृत्व गर्ने अरु नै कम्पनी रहेको माथी उल्लेख गरिएकै छ ।

जसरी केहि आयोजनामा म्याथ थप गरिएको भन्ने सन्दर्भ छ त्यो कन्सल्टेन्सीहरुको कारणले मात्र होइन भन्ने कुरा बुझ्न आवस्यक छ । सम्झौता लगत्तै काम गर्दै जाँदा सरकारी संरचनाहरुका कामहरु जस्तो वातावरणीय अध्ययन अनुमतीमा र अन्तिम स्वीकृतिमा भएको ढिलाई, वन मन्त्रालयबाट लिनुपर्ने अनुमतिमा भएको ढिलाई लगायतका सरकारी प्रक्रियाहरु नै यसका लागि मुख्य जिम्मेवार रहेका छन् । साथै प्रत्येक अध्ययनको चरणगत स्वीकृतिमा हुन गएको ढिलाईले पनि कहिल्यकाहिँ हाम्रा कामहरुमा ढिलाई भईरहेका छन् । जे जति कन्सल्टीङका कामहरु समाचारमा उल्लेख गरिएको छ ति सबै कामहरु निर्माण चरण भन्दा धेरै पहिलेका कामहरु हुन् र कन्सल्टेन्सी कार्यका कारणले तत् आयोजनाहरुको निर्माण कार्यमा कुनै पनि प्रकारको ढिला सुस्ती नहुने स्पस्ट व्यहोरा समेत जानकारी गराउदछौं ।

समाचारमा महत्वका साथ छुट्टै बक्सनै बनाई धेरै काम हामीले लिएको भन्ने समेत उल्लेख गरिएको छ । जबकि विद्युत विकास विभागको हवाला दिदै ८० प्रतिशत काम हामीसँग सम्झौता भएको भन्ने विषय नै पूरै मिथ्या हो । यस सन्दर्भमा विभागसँग पुनः सत्य तथ्य बुझ्न हामी बिनम्र अनुरोध गर्दछौ । र बाँकी कन्सल्टेन्सी कार्यमा हामी धेरै काम गरिरहेका छौं भन्ने जुन समाचार हो त्यो कुनै समाचार नै नभएको जनाउँदछौ । स्पष्ट नीति र सरकारले तोकेका सबै मापदण्ड र प्रक्रिया पूरागरी प्रतिस्पर्धामा सहभागी हुँदा हामीले कति काम पायौं र बाँकीले कति काम पाए भन्ने विषय कुनै समाचार बन्ने विषय नै होइन । बरु हामीले पाएका काम हामीले मापदण्ड पूरा ग¥यौ या गरेनौ गुणस्तरीय ग¥यौ या गरेनौ भन्ने तर्फ तपाई मिडिया साथीहरुको ध्यान जान जरुरी छ । अब नेपाल भित्र काम गर्दै जाँदा सबै भन्दा एक नम्बर या अब्बल हुनु कुनै अपराध पनि त होइन होला नि । अब्बल या एक नम्बर हुन नपाईने भनेर कहिँ कतै उल्लेख गरिएको छैन । मेहनत गर्ने विद्यार्थी प्रथम भए जस्तै हामी हाम्रै मेहनत र परिश्रमले यो स्थान हासिल गरेको समेत यहाँलाई बिनम्र अनुरोध गर्दछौ । यस्तै आयोजनामा १५ जना मात्रै इन्जिनियरहरु संलग्न गराइएको भन्ने वाक्य छ त्यसका सन्दर्भमा हामी के स्पष्ट गर्दछौं भने हामीसँग १ हजार बढी इन्जिनियरहरु संलग्न रहेका छन् । हामी आयोजनाको आवश्यकता अनुसार जनशक्तिहरुको परिचालन गरिरहेको समेत सहर्ष जानकारी गराउदछौं । यस्तै समाचारमा एउटा उदय कन्सल्टेन्सीलाई समेत हाम्रै कम्पनी भनिएको छ । यहाँ के बुझ्न जरुरी छ भने उदय कन्सल्टेन्सीमा इआरएमसीको लगानी भन्ने विषय समेत तथ्यहीन र झुट्टा विषय मात्रै हो । उदयसँग हाम्रो लगानी साझेदारी या अरु कुनै पनि सम्झौता अहिलेसम्म नभएको जानकारी गराउँदछौं । जसरी बाँकी कम्पनीहरुसँग काममा सझादारी हुन्छ सोहि ब्यहोराको साझेदारी बाहेक हाम्रो उदयसँग कुनैपनि सहकार्य नभएको स्पष्ट गर्दछौं ।

यस्तै समाचारमा उल्लेख भएको अर्को महत्वपूर्ण विषय सिक्टाका सन्दर्भमा छ । सिक्टा सिंचाई आयोजनाका सन्दर्भमा लेखिएको समाचारको पहिलो हरफमा उल्लेख गरिएको मुख्य नहरको डिटेल डिजाइन रिपोर्ट तयार गरेको भन्ने वाक्य नै सरासर गलत र तथ्यहीन छ । जबकि इआरएमसीले सो आयोजनाको सुपरिवेक्षणमा सहयोगीको भूमिका मात्रै निर्वाहा गरेको हो । तत् सम्बन्धि सम्झौताका बखत आदान प्रदान गरिएका वैधानिक सम्झौता पत्र र टीओआरका पत्रहरु यहाँको लोकप्रिय पत्रिकालाई हामी जुन बेला पनि उपलब्ध गराउनेछौं । त्यसैले जिम्मा नै नलिएको विषय जोडेर समाचार बनाउनु कम्तीमा नयाँ पत्रिका जस्तो लोकप्रिय पत्रिकाको हकमा सुहाउने विषय होइन ।

अतः विषयको वास्तविकता भन्दा बाहिर गएर कहिँ कतैबाट प्रभावित भई तथ्यहरुको समेत ख्याल नगरी जसरी इआरएमसीलाई बदनाम गर्ने गरी समाचार नै नभएको विषयलाई जबरजस्ती समाचार बनाइएको छ यसबाट हामीलाई अत्यन्तै दुःखी बनाएको छ । कम्तीमा मूलधारको लोकप्रिय पत्रिकाको रुपमा रहेको नयाँ पत्रिका दैनिकले यसरी एउटा कम्पनीलाई बदनाम गराउने हेतुले कहिँ कतैबाट प्रभावित भई तयार गरिएको आलेखलाई स्थान दिनु दुःखपूर्ण रहेको छ । हामी आगामी दिनमा हामी र हाम्रो कम्पनीका बारेमा कुनै विषय आए त्यसको सत्यतथ्य उत्खनन् गरी मात्रै समाचार सार्वजनिक गर्न आग्रह गर्दछौं । र त्यसरी हाम्रा बारेमा कुनै विषयको उत्खनन्मा सहयोग गर्नुपर्ने भए हामी सदैब तयार रहेको पनि विन्रमताका साथ अनुरोध गर्दछौ ।

ERMC_concern-on-news_Nayapatrika_Corrected-Final-2

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement