Friday August 17, 2018 | |

नेपालीलाइ विश्वविख्यात टेलि अवार्ड 

featured-news

काठमाडौं :बरिष्ठ सामाजिक अभियन्ता तथा सुचना प्रविधीविज्ञ, प्राध्यापक मेदिनी अधिकारी अमेरिकाको प्रतिष्ठित टेलि अवार्डबाट पुरस्कृत भएका छन् । समाज परिवर्तनमा फरक र विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाइ सन् १९७९ देखि प्रदान गरिदै आएको सो अन्तराष्ट्रिय पुरस्कार सामाजिक क्षेत्रको अत्यन्त प्रतिष्ठित पुरस्कार हो ।
अधिकारिले कुल १२ हजार प्रतिश्पर्धीलाइ पाखा लगाउदै यो अवार्ड जितेका हुन् । निर्णायकको मूल्यांकन र पब्लिक भोटिगं समेतको आधारमा विजयी घोषण गरिने टेलि अवार्डका लागी उनले हलिउड स्टारहरु, विश्वविख्यात लेखक, कलाकार र समाजिक अभियन्ताहरुलाइ उछिनेका थिए । उनको विज्ञता र योगदानको बारेमा इन्ग्रिड वल्र्ड टेलिभिजनले २०१६ मालिएको अन्तवार्तालाइ निर्णायकहरुले छनोटको मुख्य आधार मानेका थिए । निर्णायकहरुमा विख्यात मिडियाविज्ञ क्यारोलिनी स्मिथ, ज्याक शेली र लाउरेन लुमस्डेन थिए ।
इक्विालिटि फाउन्डेसनका संस्थापक तथा सिइयो अधिकारीले सो फाउन्डेसन मार्फत नेपालको दुर्गम गाँउहरुमा सुचना प्रविधिको पहुँच विस्तार गरि शिक्षा, स्वास्थ्य र आर्थिक बृद्धिमा दिएको योगदानका लागी पुरस्कार प्रदान गरिएको अवार्डको वेभसाइटमा उल्लेख छ ।उनी हलिउड स्टार म्याथ्यू म्याक्ग्रेने तथा सिएनएन एंकर ओ ब्रियनसंगै पुरस्कृत भएका हुन् ।
झापा स्थाइ घर भएका अधिकारी उच्च शिक्षा अध्यायनको लागी सन् १९९६ मा अमेरिका पुगेका थिए । १० बर्षदेखि अमेरिकन मिलिटरि विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक उनी अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एएनएका अध्यक्ष र माइक्रो लजिस्टिक इंकका संस्थापक तथा प्रमुख कार्यकारि अधिकृत समेत छन्् । माइक्रो लजिस्टिकले सुचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दछ । सन् २००९ मा स्थापना भएको इक्विालिटि फाउन्डेसनमा भर्जीनियाका प्रभावशाली कांग्रेशम्यान डन बायर मुख्य संरक्षक छन् । यो फाउन्डेसनले ग्रामीण स्कुलमा कम्प्युटर र इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । ‘ मैले सधै समाजलाइ कसरि धेरै दिन सकिन्छ भनेर मात्र सोचेँ, यो पुरस्कारले हामी गर्न सक्छौँ भन्ने प्रमाणित गरेको छ, मलाइ सहयोग गर्र्नु हुने समस्त नेपालीलाइ नमन गर्न चाहन्छु, ’अधिकारिले भने । अधिकारीको अन्तर्वाता हेर्न यहाँ क्लिक गर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=Z2Ckh-y-_Hc

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News