Saturday July 21, 2018 | |

श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५०

featured-news

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० निर्धारण गरेको छ ।


रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी भएको र यसलाई अहिलेसम्मकै उच्चतम वृद्धिदरका रुपमा लिन सकिने दाबी गरे ।


कुनै पनि कम्पनीले तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम दिएमा सो कम्पनीलाई कडाइका साथ कारवाही गरिने मन्त्रालयका सचिव यज्ञेश्वर दाहालले बताए । उनले श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार मन्त्रालयले प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार, ट्रेड युनियन र रोजगारदाता संगठनको प्रतिनिधित्व हुने गरी एक स्थायी ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन हुने जानकारी दिए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News