Saturday July 21, 2018 | |

नेविसंघको असन्तुष्ट समूहबाट महाधिवेशनको मिति घोषणा

featured-news

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्ले सहितका असन्तुष्ट विद्यार्थी नेताहरुले महाधिवेशनको मिति सार्वजनिक गरेका छन् ।


राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आगामी साउन २३ गतेदेखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय गरिएको जनाइएको छ ।


संघका अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोध गर्दै आएका कुन्दन काफ्ले सहितका विद्यार्थी नेताहरुले एकलौटी रुपमा महाधिवेशनको मिति नै घोषणा गरेपछि नेविसंघभित्रको विवाद अझ चुलिने सम्भावना बढेको छ ।


असन्तुष्ट समूहको केन्द्रीय समिति बैठकबाट अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरिएको छ । विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको जनाइएको छ ।


महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News