Friday November 16, 2018 | |

मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

featured-news

मलेसिया । सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिँदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ का ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् ।


कोठाबाट कामका लागि कम्पनीतर्फ गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा उनलाई ट्याक्सीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोहोराको उपचारका क्रममा एक स्थानीय अस्पतालमा मृत्यु भएको हो ।


बोहोरा गएको सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा काम गर्दैआएका थिए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement