Friday November 16, 2018 | |

अोली प्रचण्ड वान टु वान वार्ताः एकीकृत पार्टी संयुक्त नेतृत्वमा

featured-news

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको वान टु वान वार्ताले पार्टी एकताको विषयमा ब्रेकथ्रु गरेको छ । दुर्इ नेताबीच ललितपुरमा भएको वार्तामा एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्व संयुक्त रुपमा गर्ने सहमति भएको छ ।

सोमबार दुई नेताहरुले लामै छलफल गरेका थिए । मंगलबार पनि ओली र प्रचण्डबीच वार्ता भएको छ । मानभवनस्थित एक निजी निवासमा भएको मंगलबारको वार्तामा नेतृत्वबारे सहमति जुटेको नेताहरु बताउँछन् । ‘दुबै नेताले संयुक्त नेतृत्व गर्नेमा लगभग सहमति भएको छ’ माअोवादी केन्द्रका एक नेताले जानकारी दिए ।

ओली र प्रचण्डको संयुक्त नेतृत्वलाई अध्यक्ष र सहअध्यक्ष वा दुबैलाई सहअध्यक्ष या दुबैलाई अध्यक्ष नै भन्नेबारे मोडल निश्चित गर्ने काम बुधबार बस्ने एकता संयोजन समितिले औपचारिक टुगो लगाउने बताइएको छ ।

स्रोतका अनुसार अध्यक्षबाहेक महासचिव लगायतका अरु नेताहरुको व्यवपस्थापनबारे बुधबार पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुनेछ । भोलि बुधबार २ बजे एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement