Sunday August 20, 2017 | |

अक्सिजनको अभावमा भारतमा ३० बालबालिकासहित ६० जनाको मृत्यु

featured-news

२९ साउन, काठमाडौँ । भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् । अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघबदास अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको अनुसन्धान अघि बढाइएको बताए । भारतीय सञ्चारमाध्यमले अस्पतालमा अक्सिजनको बक्यौता नतिरेपछि कम्पनीले बिहीबार र शुक्रबार अक्सिजन आपूर्ति नगर्दा ३० जना बालबालिकाको मृत्यु भएको बताएका छन् । राज्य सरकार मुख्य मन्त्रीको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा अस्पतालको बालचिकित्सा कक्षमा पाँच दिनको अन्तरमा ६० जनाको मृत्यु भएको भन्ने समाचारबारे अनुसन्धान गरी प्रतिबेदन पेश गर्न भनिएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement