दोस्रो भिजिटरका रुपमा राधिकाले बिहीबार भेट गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । यसअघि बुधबार ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाले पहिलो भिजिटरका रुपमा भेटेकी थिइन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नवौं दिन स्वास्थ्य स्थिति सामान्य रहेको र नियमित परीक्षणहरुलाई निरन्तरता दिइएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले बताए ।