बुटवल । मापदण्ड बिपरित पेट्रोल र डिजेल बिक्री गर्ने ३ वटा पेट्रोल पम्पमा शिलबन्दी गरिएको छ ।
नापतौल तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोलीले रुपन्देहीको मणिग्राममा रहेको शंकर आयल, बुटवलको बेलवासमा रहेको लम्साल आयल स्टोर र कपिलवस्तुको जीतपुरमा रहेको रिया आयल स्टोरमा शिलबन्दी गरेको हो ।
ती पम्पहरुले मापदण्ड भन्दा कम तेल बेचेको हुँदा शिलबन्दी गरिएको नापतौल तथा गुण नियन्त्रण कार्यालय बुटवलका प्रमुख मनोज पोख्रेरलले बताए । उनले रुपन्देही र कपिलबस्तुका १२ वटा पम्पमा अनुगमन गरिएको र तीनवटा मापदण्ड विपरित भेटिएकाले आवश्यक कारर्वाहीका लागि प्रक्रिया अघि बढाएको बताए ।
पम्पहरुले ५ लिटर पेट्रोलियम पदार्थ बेच्दा ४० देखि ४ सय मिलिलिटरसम्म कम दिने गरेको प्रमुख पोख्ररेल बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५ १९:१६