काठमाडौं: सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँ कायम भएकाे छ । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार ७ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि प्रतितोला एकसय रुपैयाँले घटेर ७१ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँ भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६ ०७:४९