काठमाडौं : आज (शुक्ररबार) नेपाली बजारमा सुनकाे मूल्य ह्वात्तै बढेको छ । बिहिबार छापावाल सुनको मूल्य ६२ हजार ४ सयमा कारोबार भएकोमा आज ६ सय बढेर ६३ हजार रुपैययाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य पनि ६ सयले बढेको छ । बिहिबार ६२ हजार १ सय पर्ने सुन आज ६२ हजार ७ सय कायम भएको छ ।
आज चाँदीको पनि तोलाको ५ रुपैयाँ बढेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६ १५:५६