काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आज एक सूचनामार्फत् उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको दुई अर्ब २६ करोड रुपैयाँ र ३६४ दिने पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५ ००:०५