काठमाडौँ । अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेका १५ बैठकका निर्णयलार्इ सरकारले गुपचुप राखेको हो ।
तीन निर्णयहरू कर्मचारीकै आडमा लुकाइएको अाजको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ। मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय प्रधानमन्त्री कार्यालयको वेवसार्इटमा राख्ने गरिएपनि ती निर्णयहरू अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन।
तीमध्ये १०-१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको हो।
मुख्यसचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद्को निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताए। ‘मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने काम बैठक र सूचना शाखाको हो, किन भएन म गम्भीरतापूर्वक सोधीखोजी गर्छु’, उनले भने। मुख्यसचिव रेग्मीले केही समयदेखि आफू अलि बढी व्यस्त हुनुपरेकाले त्यससम्बन्धमा जानकारी लिन नपाएको बताए।
प्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको हो।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४