काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात छ ।
शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । दुबै घर जलेर पूर्णरुपमा नस्ट भएको प्रहरीले जनाएको छ ।
अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार भाडामा बस्दै आएको थियो । जीवनकाजीको अवस्था अज्ञात छ । उनका छोरा प्रविण आगोमा जलेर सामान्य घाइते भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४