काठमाडौँ । देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा अज्ञात समूहले अागजनी गरेको छ । डढेलधुराको आलिताल गाउँपालिका–२ काफलीमा रहेको एनसेलको टावरमा अज्ञात समूहले सोमबार राति करिव ९ बजे आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । टावरमा कार्मचारी नभएको बेला आगजनी गरिएको थियो । प्रहरीका अनुसार टावरमा आगजनी कसले गर्यो भन्ने खुलेको छैन । टावरमा आगजनीपछि यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन्।
त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका–८ बैजनापुरमा रहेको एनसेलको टावरमा समेत अागजनी भएको छ । टावरमा सोमबार राति १ बजेको समूहमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।
आगजनीबाट टावरको तार जलेर पूर्ण रुपमा नष्ट भएको छ। टावरमा आगजनी गर्नै समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४