भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा बाघको आक्रमण गर्दा एक वालकको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङको छोरा ६ बर्षीय शिरीष तामाङलार्इ बाघले अाक्रमण गरेको हो ।
भक्तपुरको प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फकिएरहेका उनलार्इ बाघले अाक्रमण गरेको हो । मुलबाटोबाट माथि घना जङ्गलमा बाघले खाइरहेको अवस्थामा राती ११ बजे नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासीको टोलीले बालकको शव फेला पारेको थिए ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४