चितवन । पूर्वी चितवनको कयर खोलामा अवैध रुपमा मेसिनकोे प्रयोग गरी गिट्ठी, बालुवा र ग्राबेल उत्खनन् भइरहेको छ । जिल्ला समन्वय समितीले टेण्डर प्रक्रिया मार्फत ठेक्कामा लगाएको उक्त खोलामा हातेऔजारको मात्रै प्रयोग गरेर ग्राबेल उत्खनन गर्न गर्नुपर्ने उल्लेख रहेको छ । तर पनि यहाँ भने वातावरणीय मुल्यकंन विपरित ग्राबेल उत्खनन् भइरहेको हो ।
जिल्ला समन्वय समितीले ढुगा, गिटी ग्राभेल बालुवा बिक्री कर संकलन ठेक्का बन्दोबस्त सम्बन्धी सुचनाको ११ नम्बर बुदामा ढुगां गिटी बालुवाको उत्खन्न तथा निकासीमा स्वीकृत आई ई ईमा व्यवस्था वमोजिम औजारको प्रयोग गर्न सकिने उल्लेख गरेको छ । आई.ई.ईमा व्यवस्था गरिएको औजारमा मेसिन उल्लेख नभएको र मेसिनको प्रयोग खोलामा गर्न नपाईने उल्यख छ ।
तर ठेकदारहरुले नियम विपरीत मेसिनको प्रयोग गरेर धमाधम ग्रावेल उत्खनन गरिरहेको छ । जसका कारण पूर्वी चितवनको रत्ननगर र खैरहनीका तीन वडाहरु जोखिममा समेत परो छन् । जसमध्ये सबैभन्दा बढी रत्ननगरको वडा नम्बर १४, १५ र खैरहनीको २ वडा प्रभावित बन्ने निश्चित देखिएको छ । कयर खोला नजिक रहेको गैरी गाउँका स्थानिय विष्णुप्रसाद भट्ठले जाथाभावी एक्साभेटर लिएर आएर खन्दा गाउँ नै जोखिममा परेको गुनासो गरे ।
कयरको राजमार्गपछिको दोश्रो पुलको ५ सय मिटर उत्तरा खण्ड नदीजन्य पदार्थ निकाल्न पर्नेमा यतिवेला ठेकेदार र तस्कारहरुले पुल भन्दा दक्षिण र उत्तर तर्फ ३ देखि ४ वटा बढी एक्साभेटर प्रयोग गरिएको सजिलै देख्न सकिन्छ । भने गहिरा पनि झण्डै ३ सय मिटर भन्दा बढी गहिरो हुदाँ समेत प्रहरी, प्रशासन र जिसस मौन बस्नुले पनि यसमा सरकारी पक्षकै मिलेमतो हुन सक्ने स्थानियले आरोप समेत लगाएका छन् ।
सडक भन्दा उत्तरतर्फबाट मात्रै नदीजन्य पदार्थ निकाल्न स्थानिय ठेकेदार राजकुमार पाठकले सञ्चालन गरेको कञ्चन निर्माण सेवाले २ करोड ६० लाख रुपैयाँमा ६४ हजार घनमिटर मात्र निकाल्न ठेक्का पाएको थियो । तर अहिले उत्तराखण्ड सडकभन्दा दक्षिणतर्फबाट पनि धमाधम ६४ घनमिटर भन्दा धेरै नदीजन्य पदार्थ निकालिसकेको स्थनिय लालिगुरासँ टोलका अध्यक्ष रन्जित श्रेष्ठले जानकारी गराए । साथै कयर खोलामा स्वीच परियोजनाद्धरा निर्माण गरिएको तटबन्ध पनि उत्खनन्का कारण जोखिममा परेको सजिलै देख्न सकिने उनले बताए ।
स्थानिय युवाहरुले भने नियम विपरित दक्षिणतर्फबाट ग्राबेल उत्खनन भइरहेकोमा सचेतना कार्यक्रम गर्दै विरोध गरिरहेका छन् । यस विषयमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठले आफुहरुले जिससले उत्रर तीर ठेक्का लगाए पनि दक्षिण क्षेत्रमा भने अवैध उत्खनन् भएको स्वीकार गरे । साथै प्रशासन र जिससलाई जानकारी गराए पनि ति निकायबाट पहल नभएको भन्दै यस्तो कार्य रोकिनुपर्ने बताए ।
उता यस विषयमा ठेकेदार पाठकलाई सम्पर्क गर्न खोज्दा कुरा गर्न चाहेनन् ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४