धनुषा । प्रदेश २ को प्रदेशसभाका मर्यादापालकको नयाँ ड्रेसकोर्ड तय भएको छ । प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन नपाउने निर्णय गरेको थियो । पहिलो बैठकमा मर्यादापालकहरु आफू खुसी ड्रेस लगाका थिए ।
पुरुष मर्यादापालक सर्टपाइन्ट-स्वेटर तथा ज्याकेट र महिला मर्यादापालक कुर्तासुरुवालमा पुगेका थिए । उनीहरुलाई चिनाउन ब्याच दिइएको थियो । अब भने मर्यादापालकका लागि नयाँ ड्रेस कोड तय भएको छ ।
सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकले मर्यादापालकको ड्रेस कोर्ड निर्धारण गरेको हो । अब यहाँ पुरुष मर्यादापालकले कफी कलरको सफारी सुट र महिलाले सारी लगाउनु पर्नेछ ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४