३० कत्तिक, सुनसरी । नेपाली काँग्रेसका नेता तथा उप्रधानमन्त्री विजयकुमार गच्छदारले नेकपा एमालेका उम्मेदवार भगवती चौधरीलाई धम्की दिएको भन्ने कुरा निराधार भएको बताएका छन । नेपाली काँग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता गच्छदारले एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएका भगवती चौधरीलाई चुनाव प्रचारमा नखट्न धम्की दिएको भन्ने कुरा हल्ला र निराधार मात्र भएको बताए । वाम गठबन्धनका उम्मेदवार भगवतीले पैसाको बलमा केही सञ्चारमाध्यममा आफूविरुद्ध झुठा हल्ला फैलाएको मन्त्री गच्छदारे अरोप लगाए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४