३० कात्तिक, काठमाडौँ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रचारमा नायक निखिल उप्रेतीदेखि कोमल वलीसम्म सडकमा देखिएका छन । पोखरेलले बिहीबार राष्ट्रियस्तरका कलाकारलाई साथमा लिएर टोखामा घरदैलो गरे । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका पोखरेल विहीवार कोमल वली, दिनेश डिसी, निखिल उप्रेती गलायतका कलाकार सहित टोखामा चुनावी अभियान सञ्चलन गरे । पोखरेललाई भोट माग्न गएका कलाकारहरुले वामपन्थी गठबन्धनले जितेमात्र देशले स्थायित्व पाउने भन्दै यसपटक अरुतिर नसोच्न आग्रह गरेका थिए अघिअघि महासचिव पोख्रेल अनि पछिपछि कलाकार र कार्यकर्ताको हुल करिब तीन घण्टा घरदैलो कार्यक्रममा हिडेपछि उनीहरुले सभाबाटै पोखरेललाई भोट मागे । महासचिव पोखरेलले वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत आउने भन्दै यसपटक काठमाडौंबाट आफूलाई न्याय गर्न स्थानीयलाई आग्रह गरेका छन ।



प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४