३० कात्तिक, काठमाडौँ । हास्य कलाकार दिपेन शाहको १९ वर्षको उमेरमा निधन भएको छ । हास्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार शाहको बिहीबार बिहान ७ः१५ बजे निधन भएको हो । नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४