२६ कात्तिक, काठमाडौँ । ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन । आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरे । चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताइन । समाजसेवी कोइराला अब कांग्रेस नेतृ समेत भएकी छिन ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४