२६ कात्तिक, काठमाडौँ । कैलालीमा आज भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन् । आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा दुर्घटना हुँदा बैतडी शिवनाथ गाउँपालिका–६ कि ६४ वर्षकी झुण्डीदेवी चन्द, बैतडी पञ्चेश्वर गाउँपालिका–४ कि २३ वर्षकी कविता तिवारी र बैतडी पाटन नगरपालिका–५ कि १९ वर्षकी रेवती भाटको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते मध्ये कञ्चनपुर भीतदत्त नगरपालिका–५ का ५० वर्षका राम दास र उहाँका १५ वर्षका छोरा सन्तोषलाई थप उपचारको लागि भारत पठाइएको छ । घाइते ३१ जनाको अत्तरियाको पद्मा अस्पतामा उपचार भैरहेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४