२४ कात्तिक, धनुषा । धनुषा जिल्लाको सवैलाबाट कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । भारतबाट ल्याउँदै गरेको अवस्थामा कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सवैला नगरपालिका वडा नं.८ निवासी सकुर मियाँ र अनिल पासवानलाई पेस्तोलसहित पक्रउ गरेको जनाएको छ । उनीहरुबाट एक थान पेस्तोल, एस.एल.आरमा लाग्ने तीन राउण्ड गोली र ज ८ प ५०९६ नम्बरको मोटरसाईकल बरामद गरेको धनुषाका प्रहरी प्रमुख प्रविन धितालले बताएका छन ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४