५ जेठ, काठमाडौँ । ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता लिएका छन । महर्जनले अहिलेसम्म १५०४१ मत प्राप्त गरेका छन । अहिले दोस्रो नम्बरमा रहेका नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १३२१६ मत प्राप्त गरेका छन । त्यस्तै साझा पार्टीका रमेश महर्जनले ६८७३ मत प्राप्त गरेका छन । नेकपा माओवादी केन्द्रका दिनेश महर्जनले १३५२ मत पाएका छन ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४