२५ वैशाख, काठमाडौँ । आगमी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आवश्यक पर्ने सबै सामग्री जिल्लामा पुर्याइसकिएको र मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेको आयोगे बताएको छ । यही बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उनले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण बताए । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०७४