न त बने बाटोघाटो, न त पाठशालाहरू
कसले दोहन गर्नु भन्यो हाम्रा नदीनालाहरू ?
एकै प्याकमा बिक्यौँ हामी यौटा सिंगो राष्ट्रसँगै
कुँडे संरक्षणमा पुगे बिरालै बिरालाहरू ।
बुझिदे न ए नेतृत्व ! गरिबी र अभाव के हो ?
जुत्ताभन्दा सस्ता भए मखमलका मालाहरू ।
लालायित छन् सुन्दर, शान्त मातृभूमि फिर्ता हुन
ती खाडीमा दौडिएका नेपाली पैतालाहरू ।
यति दु:ख लागेको छ राष्ट्र नसुध्रेको देख्दा
बरु दु:ख लाग्या छैन चाउरिँदा यी गालाहरू ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६ १८:४५