काठमाडाैं : जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउने फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरमा कमेडी देख्न सकिन्छ । ट्रेलरमा सबै कलाकार सुनको पछि लागेको देख्न सकिन्छ । फिल्मका मुख्य तीन पात्रले भेट्टाएको सुनलाई उनीहरुले लुकाउन गर्ने प्रयास नै फिल्मको कथानक हो ।
यो फिल्मलाई ‘जात्रा’ को सिक्वेल पनि भनिएको छ । फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, प्रियंका झा लगायतका कलाकारको समेत अभिनय रहेको फिल्मलाई शिवराम श्रेष्ठको खिचेका हुन् ।
यस्तै फिल्ममा शंकर महर्जनको द्वन्द्व, सिंगे लामा र योगेश्वर पौडेलको निर्माता तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६ १५:००