काठमाडौं : लिम्बू भाषाका गीतहरू गाएर लोकप्रिय बनेका गायक ब्रबिम शेर्मा लिम्बू यस पटक नयाँ नेपाली गीतको म्युजिक भिडियोमार्फत् दर्शकमाझ आएका छन् ।
‘सेवारो नमस्ते ...’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ ।
दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनको उक्त गीतलाई फणीन्द्र राईले संगीत संयोजन गरेका छन् ।
साढे ११ मिनेट लामो उक्त गीतको म्युजिक भिडियालाई लोकप्रिय हास्य अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेका हुन् । भिडियोमा विल्सन आफैँले अभिनेत्री एलिशा राईसँग अभिनय गरेका छन् । भिडियोमा विल्सन र एलिशासँगै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन् । भिडियोमा बसेलकै कोरियोग्राफी छ ।
नवराज उप्रेतीको छायांकनको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।
गायक ब्रबिम शेर्मा लिम्बूले गाएका लिम्बू गीतहरूको एल्बमको संख्या नै आधा दर्जन बढी छ । ब्रबिमले तीन दर्जन बढी नेपाली गीतसमेत रेकर्ड गराइसकेका छन् ।
१०० बढी लिम्बू गीत रेकर्ड गराइसकेका यी गायकले ५० बढी लिम्बू गीतलाई संगीतबद्धसमेत गरेका छन् ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६ २१:२३