काठमाडाैं : वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको पछिल्लो नियात्रा संग्रह यात्राको लहरीमा हिउँफूलकी रानी काे चर्चा गरिएको छ । अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अन्तर्गत नियात्रा महिला समितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनको नियात्राको चर्चा गरिएको हो ।
राजकर्णिकारको नियात्रा लेखनबारे वरिष्ठ साहित्यकार प्रमोद प्रधान र प्राडा. कृष्णप्रसाद दाहालले चर्चा गरे ।कार्यक्रमको उदेश्य र महत्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पारेका थिए । समितिका सयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राजकर्णिकारले आफ्नो नियात्राकाे अनुभव सुनाएका थिए ।
कार्यक्रमका वक्ताहरुले उनकाे लेखन शैली र प्रकाशित पुस्तककाे प्रशंसा गरेका थिए । कार्यक्रममा साहित्यकारहरु गोपाल पराजुली, नरेन्द्रराज पौडेल, रामप्रसाद पन्त, इल्या भट्टराई, त्रिभुवनचन्द वाग्ले, राधिका गुरागाई, सरिता अर्याल, बुनु दाहाल लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५ २२:४४