वर्षौदेखी यो देशको नक्सामा
म मेरो अनुहार खोजी रहेछु
तर अहँ जत्ती खोजे पनि
मैले भेट्न सकेको छैन मेरो अनुहार !
मालपोत अड्डा अदालत जता गए पनि
सिंहदरबार,बालुवाटार जता धाए पनि
यो देशको जुनसुकै कार्यालय गए पनि
जतासुकै भेट्छु र जतासुकै देख्छु
एउटै व्यवहार - एउटै अनुहार ।
यो देश फुलबारी हो कि तोरीबारी ?
किन फुल्दैननरफुलेनन सबै जातका फूलहरु ?
भाषणमा त भनिदै आएको हो -
चार जात छत्तिस वर्णको साझा फुलबारी !
इतिहासका पाना पल्टाउदा भेट्छु
राजा माहाराजाहरुको विरताको गाथा
शासकहरुको खाल खालका तिलस्मी कथा ।
इतिहास बडो फुर्ती लगाउदै भन्छ-
कसरी आफ्ना बल, बुत्ता र दिमागले
आर्ज्याका हुन मुलुक यो देशका बडमहाराजाले !
तर अहँ भन्दैन मेरा पुर्खाहरुको कथा
नजर अन्दाज गर्छ मेरा पुर्खाहरुको विरता
कहिल्यै गाउदैन मेरा पुर्खाहरुको गाथा
के मेरा पुर्खाहरु त्यती कायर थिए ?
के मेरा पुर्खाहरु त्यती निकम्मा थिए ?
जस्तो कि यो देशको इतिहास भन्छ -
तेरा पुर्खाहरु जाडको मातमा कुम्भकर्णे निद्रामा सुतेकै हुन !
दुनियाको नाक कान काट्ने सन्काहा बडामहाराज
मन्दिर मन्दिर गुहु दल्दै हिड्ने बौलाहा राजा
सत्ताका लागि आफ्नै दाजुभाइ मार्ने हत्यारा शासक
सबै सबैको कथा यो देशले पढाइ रहदा
किन कहिल्यै कुरा हुँदैन
खोरिया फाडेर बस्ती बसाल्ने मेरो पुर्खाको कथा ?
किन कहिल्यै चर्चा हुदैन
औलोसँगै दुश्मनसँग लडेर देश बचाउने मेरो पुर्खाको गाथा ?
किन बिर्सिइन्छ ढुङ्गा माटो जतिकै पुराना मेरा पुर्खाहरुको ईतिहास ?
खोइ मेरा पुर्खाहरुको अनुहार इतिहासका पानाहरुमा ?
खोइ मेरो अनुहार यो देशको नक्सामा ?
यो देशको नक्सामा मेरो अनुहार नभए पनि
मेरो मुटुमा यो देशको नक्सा गढेरै बसेको छ ।
यो देशको नक्सा कोरिनु भन्दा धेरै अघि
मेरै पुर्खाले हो यो देशको माटो रगत पसिनाले सिचेको
आफ्नो परिश्रमले यो माटो यती विधि मलिलो बनाएको ।
यो देशमा मैले जरा गाडेको धेरै पछी मात्र आएको हो तिमी
कहिले सन्धिको बाहानामा कहिले मितेरीको नाममा !
अनि साम, दाम, दण्ड, भेद प्रयोग गरेर
बर्षौ मलाई यो देशको नक्साबाट दुर राखेको ।
मेरो औठा छापले मात्र नपुगेर
रक्त मुछेल पन्जा छाप घरको भित्ताहरुमा लाएर
तिम्रो परम्परा मान्न बाध्य पारिएकै हु
तिम्रो सस्कृती धान्ने कारिन्दा बनाइएकै हु ।
धेरै समय छोपिएकै हु तिम्रो कालो छायाले !
इतिहासको यहि विन्दुबाट खोज्न थाल्नेछु
अनेकौ षडयन्त्र गरी यो देशको नक्साबाट गायब पारिएको
मेरो आफ्नो अनि मेरो जस्तै हराएका अनुहारहरु !
अब एक एक गर्दै भत्काइ दिन्छु
तिमिले निर्माण गरेको एकाङ्गी ईतिहास
बहिष्कार अनि खारेज गरिदिन्छु
तिमि आफैले गाएको तिम्रो कथित गौरव गानहरु ।
बुझ्नु अब यहाँ गुन्जिन थाल्ने छ
पालाम,सेलो, हाक्पारे र साकेला धुनहरु
सुन्नु अब यहाँ बज्न थाल्ने छ
डम्फू, टिम्की, च्याब्रुङ र काङलिङहरु
हेर्नू अब यहाँ नाचिन थाल्ने छ
स्याब्रु, केस्लाङ, झुमरा र छोक्राहरु ‘
याद राख्नु अब लेखिने छ नया ईतिहास !
याद राख्नु अब पढिने छ असली इतिहास !
मलाइ यो पनि राम्रोसङ्ग थाहा छ -
यो देशको चारकुने नक्सामा
मेरो अनुहार खोज्दारखोज्दै गर्दा
यो देशको आयतकार नक्सामा
मेरो उपस्थिती खोज्दारखोज्दै गर्दा
यो देश(ले) मलाई जातिवादीको विल्ला भिराउछ र भिराउने छ ।
यो देश(ले) मलाई विखण्डनकारी करार गराउछ र गराउने छ ।
मैले मेरो पहिचान खोजी गर्दै गर्दा
यो देशको माटोमा अधिकार दाबी गर्दै गर्दा
मेरो असली ईतिहास खोजतलास गर्दै गर्दा
मलाई विखण्डनकारी देख्ने महासयहरु हो
हेक्का राख्नु होस
यदि म विखण्डनकारी हुदो हु त
यो देशको नक्सा अर्कै हुनेथ्योरभैसक्थ्यो !
तपाइलाई पो बडो जतनले यहाँ सुरक्षित गरिएको छ
मेरो त अनुहारै यो देशको नक्साबाट गायब पारिएको छ !
प्रकाशित मिति: शनिबार, चैत १६, २०७५ १६:४९