सिरहा : आयसर ट्रयाक्टरले तीन दिने मेघा फ्रि क्याम्प सञ्चालनमा ल्याएको छ । बिना एग्रो इन्टरप्राइजेज नेपाल अन्तरगत रामजानकी र निरज इन्टरप्राइजेज सगरमाथा अचलका डिलरले सञ्चालन गरेकाे सो क्याम्प ५ गते बन्दीपुर, लहान ६ गते र सप्तरीको शम्भुनाथमा जेठ ७ गतेसम्म चल्ने लहानका डिलर सञ्चालक विरेन्द्र महतोले बताए ।
क्याम्पमा ७० ट्रयाक्टरको फ्रि सर्भिस गरिने लक्ष्य लिएको आयाेजकले जनाएकाे छ । जसमा बन्दीपुर १५ , लहान ३० र शम्भुनाथ २५ रहेको छ । सञ्चालन गरिएको फ्रि क्याम्पमा डिजल फिल्टर, मोविल फिल्टर, भेष्ट र क्लेन्डर फ्रि गरिएको छ । सर्भिस चार्ज समेत फ्रि गरिएको यस क्याम्पमा सहुलियत दरमा ट्रयाक्टरको स्पर्यस् पार्टस् खरिद गर्ने योजना ल्याएको नेपालका लागि मार्केटिङ गर्ने मानन्धर यादवले बताए ।
यादवले नेपालको कुनै पनि कुनामा स्पर्यस् पार्ट सकिएमा २४ घण्टाभित्र सानोदेखि इन्जिनसम्म उपलब्ध गराउने व्यवस्था गरिएको दावी गरे । आयसरका ग्राहक लहान २२ का दिपेन्द्र कामतले भने ‘आयर ट्रयाक्टर राम्रो छ । आयसरको विक्री यस क्षेत्रमा बढ्दो छ । आयसरका डिलरले आफ्ना ग्राहकलाई घरमै गएर सर्भिस गरिदिने गरेकोले किसानहरुमा यस ट्रयाक्टरको माग बढ्दो छ ।
फ्रि क्याम्पसँगै लहानमा आज ग्राहकहरुबीच डिलरले अन्तरक्रिया कार्यक्रम समेत गरेकाे छ।